Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeराजनीतिकांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक

spot_img

काठमाडौँ, मंगलबार, २९ पौष २०८२ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार बेलुका ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ ।

भृकुटीमण्डपमा बन्द सत्रमा अहिले मनोनयन दर्ताको फाराम वितरण तयारी भइरहेको छ । मतदाता नामावली प्रकाशन भएको छ |

त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन अपाह्न ४ः३० बजे हुने कार्यतालिकामा उल्लेख छ ।

यसैगरी उम्मेदवारीमाथि दाबी विरोध साँझ ४ः३० बजेदेखि ५ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध छानविन साँझ ५ देखि ५ः३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता ५ः३० देखि ७ः३० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ८ः४५ बजे निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

निर्वाचनले पदाधिकारी र केन्द्रीय समिति चयन गर्नेछ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ। जसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ ।

केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img