काठमाडौँ, मंगलबार, २९ पौष २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
उक्त दिन बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभा बैठक बस्ने भएको छ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रिय सभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बस्न लागेको हो ।
वैकल्पिक रुपमा सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो









