Tuesday, February 10, 2026
11.1 C
Kathmandu
spot_img
Homeराजनीतिथापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक: घोषणापत्र र निर्वाचन परिचालन समिति...

थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक: घोषणापत्र र निर्वाचन परिचालन समिति गठन

spot_img

काठमाडौँ, बिहीबार, १ माघ २०८२ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पार्टीको पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।

आज बिहीबार ललितपुरमा बसेको उक्त बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले सभापति थापाकै संयोजकत्वमा ‘घोषणापत्र निर्माण समिति’ गठन गरेको छ। नेता देवराज चालिसेका अनुसार यो घोषणापत्र केवल औपचारिक घोषणाका लागि मात्र नभई ठोस कार्ययोजना र भिजनसहितको ‘एक्सन-ओरिएन्टेड’ दस्तावेज हुनेछ। यसमा कति वर्षमा कस्तो कांग्रेस र कस्तो नेपाल निर्माण गर्ने भन्ने स्पष्ट योजना तथा कार्यविधि समेटिने बताइएको छ ।

यसैगरी, निर्वाचनमा पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गरिएको छ। यो समितिले देशव्यापी रूपमा पार्टीका कार्यकर्तालाई सक्रिय बनाउने, संगठनलाई मजबुत पार्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने अभियान सञ्चालन गर्नेछ ।

बैठकले विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व तथा केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । यसअन्तर्गत उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर परिवर्तन, समानुपातिक उम्मेदवार सूची संशोधनलगायत कानुनी तथा वैधानिक प्रक्रियाहरू पूरा गर्न आयोगमा पत्राचार गर्ने र आवश्यक विवरण बुझाउने कार्य अघि बढाइएको छ। बैठकपछि नेताहरू निर्वाचन आयोग पुगेर यी प्रक्रिया सुरु गरेका छन् ।

समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले ‘बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस’ निर्माण गर्ने संकल्प गरेको छ । नेता चालिसेले भने, “राजनीति जनताका लागि हो, कुनै व्यक्तिका लागि होइन भन्ने सन्देश हामी घोषणापत्रमार्फत र व्यवहारबाट दिन चाहन्छौं। नयाँ युगअनुसार र युवाहरूको आकांक्षाअनुरूपको कांग्रेस बनाउन हामी केन्द्रित छौं ।”

केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने र थप रणनीतिक तथा महत्वपूर्ण विषयहरूमा छलफल हुने नेता चालिसेले जानकारी दिएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img