गोरखा, मंगलबार, ६ माघ २०८२ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा क्षेत्र नं १ मा सुधन गुरुङले उम्मेदवारी दिएका छन् ।
आज मंगलवार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
¥यालीसहित उनी उम्मेदवार दर्ता गर्न पुगेका थिए । उनको प्रस्तावकमा एजिला गुरुङ र समर्थकमा सुजन देवकोटा छन् ।









