Monday, February 9, 2026
19.1 C
Kathmandu
spot_img
Homeराजनीतिगोरखा-२ मा नेकपाका उमेदवार लेखनाथ न्यौपानेको राजनीतिक यात्रा

गोरखा-२ मा नेकपाका उमेदवार लेखनाथ न्यौपानेको राजनीतिक यात्रा

spot_img

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा क्षेत्र नं २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । न्यौपाने संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् ।

नेकपामा उनको बौद्धिक नेताको पहिचान छ । प्रचण्डले अवसर नदिएर छेउ लगाएको नेताका रूपमा समेत चिनिने न्यौपानेका प्रतिस्पर्धी एमालेका चक्रे मिलन छन् । रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

११ सन्तानमध्ये आठौँ सन्तानको रुपमा हर्मी–९, गोरखा (हाल, सिरानचोक गापा–३) मा जन्मिएँका न्यौपाने गाउँको ठूलो परिवार त्यसमाथि पनि अशिक्षा र गरिबीका कारण बाल्य अवस्था कठिन रुपमा बित्यो ।

गोरखा-२ मा पहिलोपटक प्रतिष्पर्धा गर्न लागेका लेखनाथ न्यौपाने विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । उनले तत्कालीन माओवादीबाट भूमिगतकालीन राजनीति सुरू गरेका थिए । न्यौपाने अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष बनेका थिए । तुलनात्मक रूपमा तत्कालीन माओवादीभित्र राम्रो छविका मानिने लेखनाथ माओवादीभित्र कम अवसर पाउने नेताहरूमध्ये मानिन्छन् ।

७ कक्षासम्म गाउँकै तत्कालीन महेन्द्र लिला निम्न माध्यामिक विद्यालयमा पढेंका न्यौपाने परिवारको आर्थिक अवस्थाले उच्च शिक्षा पढ्न सम्भव थिएन तर खाली हात एक्लै सङ्घर्ष गर्ने आँटसहित बि स २०४७ सालमा काठमाडौं हानिएँ । उनले सुरुमा मजदुरी गरेर धरै संघर्षपछि ट्यूसन पढाएर त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरें ।

लेखनाथ न्यौपाने पञ्चायतकालको अन्त्यतिर कक्षा ९ मा पढ्दा विद्यार्थी संगठनमा आबद्ध भए । क्याम्पस पढ्न थालेपछि मात्र सापेक्षित सचेततासहित विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले । राजनीतिमा सक्रिय न्यौपाने क्याम्पस इकाई अध्यक्ष, काठमाडौं जिल्ला अध्यक्ष हँुदै ०५२ (जनयुद्ध सुरु हुनुभन्दा अघि) सालमा अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यको महत्वपुर्ण जिम्मेवारी पुरा गरे । बि स २०५४ साल (जेल) मा केन्द्रीय कोषाध्यक्ष, ०५६ साल (जेल) मा उपाध्यक्ष र ०६० सालमा अध्यक्ष (दुई कार्यकाल, ०६० देखि ०६७) को जिम्मेवारीमा रहेर काम गरेर आफ्नो महत्वपुर्ण जिम्मेवारी पुरा गर्न सफल भए ।

त्यसपछि, बि स २०४७ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यबाट पार्टी जीवन सुरु भयो । ०५२ सालमा नेकपा (माओवादी) को एरिया सदस्य, ०५४ सालमा जिल्ला सदस्य, ०५८ सालमा उपब्यूरो, ०५९ सालमा ब्यूरो सदस्यसहित जिल्ला पार्टीको इन्चार्ज भएर काम गरेका थिए । ०६९ सालमा तत्कालीन नेकपा–माओवादीको केन्द्रीय सदस्य, ०७२ सालमा नेकपा (माओवादी केन्द्र) को सचिवालय सदस्य, माओवादी केन्द्र र एमालेबीचको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यसहित कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए ।

पञ्चायतको अन्त्यतिर विद्यालय पढ्दै गर्दा अराष्ट्रिय तत्वको नाममा न्यौपाने माथि वारेन्ट जारी भएको थियो भने जनयुद्ध सुरु भएपछि काठमाडौं उपत्यकाबाट जेल पर्ने पहिलो माओवादी कार्यकर्ता बन्ने अवसर प्राप्त भयो । त्यतिबेला २८ हजार धरौटी बुझाउन नसकेर ६ महिना जेल बसेँ ।

०५४ सालदेखि ०५८ सालसम्म विभिन्न ६ वटा मुद्दा खेप्दै ४ वर्ष लगातार जेलको बसाई भयो । पहिलो वार्ता ०५८ मा रिहा भएपछि तत्कालीन सरकारी सुरक्षा शक्तिले भेटेनन् तर मेरो टाउको ल्याउनेलाई २५ लाख इनामको घोषणा भने गरे ।

०४९ सालमा अखिल र नेवि सङ्घको प्रदर्शनी मार्गमा भीडन्त हुँदा मेरो दाहिने हात भाँचियो भने ०५४ सालको हिरासतको यातनाले देब्रे कान फुट्यो । अप्रेसन गर्दा पनि श्रवण शक्ति फर्किएन । ०५९ सालमा आन्तरिक दुर्घटनामा पर्दा सँगैको साथी जुल्फे स्याङ्तान सहिद हुनुभयो । हरि कुँवर र म गम्भीर घाइते भइयो । अहिले पनि छातीमा गहिरो घाउ छ ।

०४९ सालमा त्रिविभित्रको अस्कल शीर्षकको मेरो पहिलो लेख जनादेशमा छापिएको थियो । त्यहाँबाट सुरु भएको लेखन यात्रा सामान्यतः जारी छ । प्रतिबन्धित कलम (०६०–आत्मपरक निवन्ध सङ्ग्रह), शैक्षिक हडताल (०६१), अखिल ज्ञान (०६२), तिमी अमर भयौ (०६३ संस्मरण), शिक्षा र राजनीति (०६४), चिठीमा जनयुद्ध (०६५–पत्र साहित्य), शिक्षामा पुनर्संरचनाको वहस (०६७), विद्यार्थी आन्दोलनमा बाइस वर्ष (०६७), कोमामा कोरस (०७२–निवन्ध) र सङ्घर्षको इतिहास (०७५) गरी १० वटा पुस्तक प्रकाशित भएका छन् ।

बन्दी आवाज (केन्द्रीय कारागार–०५३), पर्खालभित्रका सिर्जनाहरु (गोरखा कारागार–०५७), अजम्बरी हस्ताक्षर (०६४), प्रचण्ड ः शिक्षा र राजनीति (०६७) र राजेन्द्र ढकाल ः सम्झना र सम्मान (०६९) जस्ता पुस्तकहरुको सम्पादन गर्ने अवसर मिलेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img