गोरखा, सोमवार, १२ माघ २०८२ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं ६ को गाँखु स्वास्थ्य चौकिमा भएको २ दिने निशुल्क आँखा जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
शिविर सिरानचोक गाउँपालिका, नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो।
शिविरमा ४३ जनाको मितियाबिन्दुको शल्यक्रिया गरिनुको साथै १०० जनालाइ निशुल्क चस्मा वितरण गरिएको छ ।
शिविरमा भरतपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा। अमृत आचार्य, डा अनिसा थापा, नेत्र अधिकृत विनोद पाण्डे तथा नेत्र सहायक अधिकृत सुवास सापकोटा लगायतको टोलीको सहभागीता रहेको थियो ।
शिविर सम्पन्न भए लगत्तै सहभागी स्वास्थ्यकर्मीहरुको टोलीलाई पालिकाले सम्मान गरेको थियो । शल्यक्रिया पूर्व पौष २० देखिदेखी ३० गतेसम्म सिरानचोक गाउँपालिकाको ८ वटै वडाहरुमा र माघ ७ गते गाँखु स्वास्थ्य चौकिमा गरि ७७५ जनाको आँखा जाँच गरिएकोमा ६६ जनामा मोतियाबिन्दु देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, आँखाको जटिल समस्या भएकाहरुलाइ भरतपुर आँखा अस्पताल बाट नै सेवा दिने गरि रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।









