Wednesday, February 4, 2026
8.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यस्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत गर्न बोर्डको निर्देशन

स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत गर्न बोर्डको निर्देशन

spot_img

काठमाडौँ, सोमवार, १२ माघ २०८२ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिनुभएको हो ।

स्वास्थ्य बीमामा रियल टायम दाबी गर्ने सम्बन्धी कार्यविधि , २०८० अनुसार दाबी तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाहरूका दाबीमा हुने अस्वीकृत दर घटाउने उद्देश्यले बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नु पूर्व स्वास्थ्य संस्थाकै प्रतिनिधि रहने गरी एक समिति बनाएको छ ।

उक्त समितिले नै दाबी उपर पुनरावलोकन तथा रुजु गरी त्यस पश्चात मात्र बोर्डको मापदण्ड बमोजिमका कागजात सहितका दाबी प्रविष्ट गर्न अनुरोध गरेको हो ।

अन्यथा तोकिएको मापदण्ड अनुसार प्राप्त नभएका दाबीहरुको भुक्तानी गर्न स्वास्थ्य बीमा बोर्ड बाध्य नहुने पत्रमा स्पष्ट पारेको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img