गोरखा, मंगलबार, १३ माघ २०८२ । गोरखाको आरुघाट गाउँपालिकामा अटो ड्राइभिङ सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । गरिवि निवारण तथा लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अन्तरगत गत वुधबारबाट तालिम सुरु भएको थियो ।
पालिकाका सबै वडावासीलाई लक्षित गरी संचालन गरिएको तालिममा कुल २० जना सहभागी थिए । व्यवसायीक रुपमा अटो संचालन गर्न चाहनेहरुलाइ बिशेष प्राथमिकता दिइएको उद्यम बिकास सहजकर्ता जुना पौडेलले बताइन् । उनका अनुसार संघिय शसर्त अनुदान वापत प्राप्त रकमले तालिम संचालन गरिएको हो । तालिम संचालनका लागि चितवनको एमडी मोटर्स प्रालिसँग सम्झौता भएको थियो ।
अटो व्यवसाय संचालनका लागि पालिकाले सहजिकरण गर्ने समेत बताइएको छ । रुट निर्धारण गरेर सम्बन्धित निकायसँगको समन्वय भाडादर निर्धारण हुने पालिकाले जनाएको छ । सोमवार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो । पालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।









