Monday, February 9, 2026
11.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको धार्चेमा बेलिब्रिज पुल निर्माण कार्यको शिलान्यास, आर्थिक विकासमा टेवा पुग्ने

गोरखाको धार्चेमा बेलिब्रिज पुल निर्माण कार्यको शिलान्यास, आर्थिक विकासमा टेवा पुग्ने

spot_img

गोरखा, सोमबार, २६ माघ २०७८२ । गोरखाको धार्चेमा बेलिब्रिज पुल (मोटरएबल पुल) निर्माण कार्यको शिलान्यास गर्ने कार्य सम्पन्न भएको छ ।

धार्चे गाउँपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने बेलिब्रिज पुल निर्माण कार्यको शिलान्यास वडा नं. १ का अध्यक्ष रामसिंङ गुरुङकाे अध्यक्षतामा तथा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङकाे प्रमुख आतित्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा यारु हाइड्रोपावर प्रा.लि र दोभान हाइड्रोपावर लिमिटेड काठमाडौको आर्थिक सहयोग तथा धार्चे गाउँपालिकाको समन्वयमा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने स्याउली देखि वडा नम्बर ३ वडासम्म यारु हाइड्रोपावरले वेलिबृज पुल जोड्ने भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, गाउँपालिका दोभानदेखि वडा नम्बर १ को कार्यालय हुल्चुक दोभान हाइड्रोपावरले जोड्ने गरी २ वटा बेलिबृज पुलको शिलान्यास गरिएको छ । सो पुल निर्माण सम्पन्न पश्चात् स्थानीय बासिन्दाको आवागमन सहज हुने, शिक्षा, स्वास्थ्य तथा अत्यावश्यक सेवामा पहुँच सुधार हुने, कृषि उत्पादन तथा स्थानीय व्यापार प्रवर्द्धन हुने साथै समग्र सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।

कार्यक्रममा यस गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष सरोज गुरुङ, हाइड्रोपावर कम्पनीका प्रमुख प्रतिनिधि, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img