Monday, February 9, 2026
16.1 C
Kathmandu
spot_img
Homeविज्ञान प्रबिधिनेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

spot_img

काठमाडौँ, सोमबार, २६ माघ २०८२ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय २०८२ माघ २२ गतेको निर्णयानुसार डंगोललाई सो पदमा नियुक्त गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गरेको छ ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोल यसअघि कम्पनीको प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् । बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेकी उनी २०५१ साल जेठ १ गतेदेखि इन्जिनियर पदबाट दूरसञ्चार सेवामा प्रवेश गरेकी थिइन् ।

तीन दशक लामो कार्यअनुभव सँगालेकी डंगोलले यसअघि टेलिकमको नायब प्रबन्ध निर्देशकका साथै प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौँ एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी सम्हालिसकेकी छन् ।

पदबहालीपछि डंगोलले कम्पनीलाई ग्राहक केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा अझ सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर म अगाडि बढ्नेछु,” उनले भनिन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img