गोरखा, बिहीबार, २९ असोज २०८३ । गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित स्थानीयवासीहरूसँग गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले अन्तरक्रिया तथा छलफल गर्नुभएको छ ।
छलफलमा बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल तथा भौतिक संरचनाहरूको पुनर्निर्माण, आवागमन सहज बनाउने उपाय र प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
विपद पछिको कठिन परिस्थितिमा पीडितका समस्या सुन्दै समाधानका उपाय खोज्ने उद्देश्यले गरिएको यो छलफलले स्थानीयवासीमा आशा जगाएको छ ।
स्थानीय नेतृत्वले बाढीपीडितका माग र सुझावलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ। यसले विपदपछि पुनर्स्थापनाको प्रयासमा समुदायको मनोबल बढाएको देखिन्छ ।









