Friday, March 13, 2026
17.1 C
Kathmandu
spot_img
Homeसंसदप्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको माग

प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको माग

spot_img

काठमाडौँ, शनिबार, १४ असार २०८२ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गरेका छन् । बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपाल प्राकृतिक रूपमा उच्च जोखिम रहेकाले विपद् न्यूनीकरणमा आवश्यक समन्वयको आवश्यकता औँल्याए ।

सांसद अर्जुन नरसिंह केसीले असार १२ गते अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिलाको मृत्यु र एक पुरुष गम्भीर घाइते भएका जनाउँदै मृत्यु भएकालाई क्षतिपूर्ति तथा र घाइतेको उपचार, राहत र पुनर्स्थापना गर्न माग गरे । उनले जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरबमरबीच आवश्यक समन्वय हुनुपर्ने बताए।

सांसदद्वय विमला सुवेदी र हितबहादुर तामाङले मनसुनजन्य विपद् न्यूनीकरणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्ने बताउँदै जोखिममा परेकालाई तत्काल उद्धार र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए। उनीहरूले मानवीय क्षतिसँगै चौपाया र तरकारीखेती नष्ट भएको भन्दै उपचार, क्षतिपूर्ति र राहतका लागि माग गरे ।

सांसद रामहरि खतिवडाले वर्षातको मौसम सुरु भएसँगै ठाउँठाउँमा बाढीपहिराले सडक, राजमार्ग अस्तव्यस्त बनाएको बताए। उनले भने, “असारे विकासले थप अप्ठ्यारो बनाएको छ ।७७ जिल्लामा विपद् तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृह मन्त्रालयले आवश्यक तयारी गर्नुपर्छ ।”

सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याले स्तब्ध बनाएको बताउँदै दोषीलाई अधिकतम कारबाही गर्न, पीडित परिवारलाई शीघ्र राहत, न्यायिक सहायता र मनोवैज्ञानिक परामर्श दिनुपर्ने माग गरे । उनले बलात्कारका घटनाले समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने देखाएको भन्दै यसलाई सिङ्गो राज्यले गम्भीरतापूर्वक लिन जरुरी रहेको धारणा राखे।

सांसद प्रकाश ज्वालाले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कतिपय भूतपूर्व मन्त्री, राजनीतिक दल, व्यापारीको सुरक्षामा खटाउनु ऐन तथा कानुन विपरीत र बेठीक रहेको धारणा राखे । उनले गृहमन्त्रीसँग खटाइएका ती सुरक्षाकर्मीहरू फिर्ता पठाउन माग गर्दै कति सुरक्षाकर्मी कहाँकहाँ खटिएका छन्, सोको विवरण माग गरे।

सांसद ठाकुरप्रसाद गैरेले एसइईको नतिजामा आएको सुधार सकारात्मक रहेको बताउँदै आगामी दिनमा नतिजा थप सुधार गरी प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय शिक्षा विधेयक यथाशीघ्र पास गर्नुपर्ने माग गरे । सांसद मुक्ताकुमारी यादवले जनकपुरका कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती अन्सा सदाको मृत्युको घटनाबारे छानबिन समिति गठन गर्न माग गरिन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img