Friday, March 13, 2026
23.1 C
Kathmandu
spot_img
Homeसाहित्यमदन पुरस्कारको लागि ७ वटा पुस्तक छनौट

मदन पुरस्कारको लागि ७ वटा पुस्तक छनौट

spot_img

काठमाडौँ, मंगलबार, ६ साउन २०८२ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८१ मा छनौट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको छ। गुठीले आज पुरस्कारका लागि छनौट भएका ७ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

गुठीले ‘मदन पुरस्कार-२०८१’ का लागि सात कृतिहरू छनौट गरेको छ । पुरस्कारका लागि गुठीलाई २९९ पुस्तकहरू प्राप्त भएको थियो। छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि गंगासम्म, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्‍चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट(चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको हिउँको गीत छनौट भएका छन् ।

विक्रम संम्बत २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार दिइएको थियो ।

मदन पुरस्कार गुठीले विक्रम २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा पुस्तकहरू छनौट गरी सूची सार्वजनिक गर्ने गरेको छ।

गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। छनौटमा परेका पुस्तक मध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार दिने गरिएको छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रुपियाँ रहेको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img