Tuesday, March 10, 2026
20.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषगोरखाको चुमनुव्री वडा नं. ४ र ५ मा हेपाटाइटिस ‘बी’ विरुद्धको खोप...

गोरखाको चुमनुव्री वडा नं. ४ र ५ मा हेपाटाइटिस ‘बी’ विरुद्धको खोप शिविर हुने

spot_img

गोरखा, शुक्रबार, २३ साउन २०८२ । गोरखाको चुमनुव्री गाउँपालिका वडा नं. ४ र ५ मा निःशुल्क हेपाटाइटिस ‘बी’ विरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ । किमोलुङ फाउण्डेशन नेपालले आउँदो साउनको २८ गतेदेखि भदौ ९ गतेसम्म प्रोक र बिहीका विभिन्न गाउँबस्तीमा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गर्न लागेको हो ।

संस्थाको पहलमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र गाउँपालिका कार्यालय तथा स्वास्थ्य शाखासंग समन्वय गरी दुई वडाका विभिन्न गाउँबस्तीमा लगाउन लागेको संस्थाका अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिनुभयो ।

पहिलो दिन साउन २८ गते वडा नं. ५ को रानामा, २९ गते बिहीबार स्वास्थ्यचौकीमा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै साउन ३० गते क्य्राक गाउँमा, भदौ १ गते सेराङगुम्बामा र ३ गते पुन बिही गाउँमा छुटेकाहरुलाई खोप लगाइने कार्यक्रम तय भएको छ ।

भदौ ४ गते वडा नं. ४ को छाक–क्वाकको स्वास्थ्य संस्था, ५ गते गाप नुब्री आधारभूत विद्यालाय, ६ र ७ गते प्रोक स्वास्थ्य संस्था, ८ गते नामरुङ्ग (लार्केबजार स्वास्थ्या चौकी) र ९ गते गाप वडा कार्यालयमा हुने जनाएको छ ।

शिविरमा आउने सबैको स्क्रिनिङ गर्ने भएता पनि हेपाटाइटिस ‘बी’ बिरुद्धको खोप भने १६ वर्ष उमेर माथिका सबैलाई लगाइने बताउनु भयो । हेपाटाइटिस ‘बी’ बिरुद्धको खोप तीन डोज लगाउनु पर्ने हुन्छ । पहिलो खोप र दोस्रो खोप एक महिना पछि र अन्तिम खोप ६ महिना पछि लगाउनु पर्ने संस्थाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

हिमाली तथा उच्च पहाडी भेगका मनिसमा हेपाटाइटिस ‘बी’ को संक्रमण बढी मात्रमा देखिन थालेकाले शिविर गर्न लागिएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परिक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको अध्यक्ष लामाले बताउनु भयो । त्यसको न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनु भयो । शिविर बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img