Tuesday, February 10, 2026
8.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिधार्चेमा ऐतिहासिक कालोपोखरी प्राकृतिक पूजा सम्पन्न

धार्चेमा ऐतिहासिक कालोपोखरी प्राकृतिक पूजा सम्पन्न

spot_img

गोरखा, बिहीबार, २९ साउन २०८२ । धार्चे मनासलु पर्यटन विकास समितिको आयोजना र धार्चे गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा ऐतिहासिक कालोपोखरी प्राकृतिक पूजा सम्पन्न भएको छ। धार्चे गाउँपालिका वडा नं २ स्थित ३ हजार ४६६ मिटर उचाइमा अवस्थित कालोपोखरीमा यहीँ साउन २३, २४ र २५ गते प्राकृतिक पूजा गरिएको हो ।

प्रत्येक वर्ष गरिने यस प्राकृतिक पूजा कार्यक्रममा यस वर्ष विशेष रूपमा बिभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो। कालोपोखरीको मुलदेउता प्राच्यु ल्हले प्रकृतिका महत्वपूर्ण तत्वहरू जस्तै हावाहुरी, पानी, झरी, असिना र जंगली जनावरहरू बाघ, भालुलाई नियन्त्रण गर्दै लेकको गोठाला र जन समुदायको जीवन रक्षा गर्ने जनविश्वासअनुसार प्राकृतिक पूजा गरिँदै आएको छ।

यस वर्षको पूजा धार्चे मनासलु पर्यटन विकास समितिको पहल र धार्चे गाउँपालिकाका आर्थिक सहयोगमा विविध कार्यक्रमसहित सम्पन्न भएको धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुडले जानकारी दिनुभयो । कार्यक्रममा धार्चे गाउँपालिकाका वडा नं १, २, ५ र ६ का साथै छिमेकी धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका क्षेत्रबाट करिब डेढ सय भन्दा बढी भक्तजनहरू सहभागी भएका थिए।

पुजामा भक्तजनहरूले कालोपोखरीको पवित्र जलबाट आशिर्वाद ग्रहण गरी प्रकृतिप्रति श्रद्धा व्यक्त गरे। साथै, पर्यावरण संरक्षण र सांस्कृतिक संरक्षणका विषयमा समुदायमा सचेतना फैलाउने पूजामार्फत विशेष सहयोग पुगेको उहाँको भनाई छ ।

उहाँ अनुसार कालोपोखरी प्राकृतिक पूजा नेपालको सांस्कृतिक सम्पदाको अमूल्य हिस्सा भएकाले स्थानीय धार्मिक मान्यता र परम्परालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा समेत ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिले भरिएको धार्चे क्षेत्रमा भविष्यमा यस किसिमका कार्यक्रम थप आयोजना गरि स्थानिय पर्यटनलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img