Sunday, March 15, 2026
17.1 C
Kathmandu
spot_img
Homeराजनीतिराष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच भेटवार्ता

spot_img

काठमाडौँ, शुक्रबार, २७ भाद्र २०८२ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबिच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा वर्तमान राजनीतिक निकासका बारेमा उहाँहरूबिच छलफल भएको थियो । सभामुखसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताउनु भयो ।

यही भदौ २३ गतेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपति पौडेल र सभामुखबिच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उहाँहरूबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img