Wednesday, March 4, 2026
23.1 C
Kathmandu
spot_img
Homeअपराधकास्की र तनहुँ कारागारबाट फरार ६ कैदीबन्दी गोरखामा पक्राउ

कास्की र तनहुँ कारागारबाट फरार ६ कैदीबन्दी गोरखामा पक्राउ

spot_img

गोरखा, आइतबार, २९ भाद्र २०८२ । कास्की र तनहुँ कारागारबाट फरार भएका ६ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले कास्की कारागारका पाँच र तनहुँ कारागारका एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका-६ चुम्चेतका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामा छन् ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेन्जिन रिग्जिनलाई गत भदौ २५ र सोनाम दोर्जेलाई २६ गते नियन्त्रणमा लिएको उनले जानकारी दिए । चुम्चेतकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरू चारै जनाले गत २०७४ कात्तिक २० गतेदेखि कास्की कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

यस्तै, कास्की कारागारबाट भागेका भीमसेन थापा गाउँपालिका-१ मसेलका राजेश विश्व सुनार पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्दामा विसं २०७५ असारदेखि कैद सजाय भुक्तान गरिरहेका विश्व पनि गत भदौ २४ गते भागेर गोरखा आइपुगेका थिए । उनलाई शुक्रवार पक्राउ गरिएको हो ।

यस्तै, तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका सिरानचोक गाउँपालिका-८ का विशाल उपर कोटिलाई पनि प्रहरीले शुक्रवार गोरखाबाटै पक्राउ गरेको छ । चोरी मुद्दामा गत वैशाख १२ गतेदेखि कैद सजाय भोगिरहेका उनी पनि गत भदौ २४ गते तनहुँ कारागारबाट भागेर गोरखा आइपुगेका थिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img