Monday, March 2, 2026
21.1 C
Kathmandu
spot_img
Homeपालिका विशेषजराङ खोला पुल निर्माण कार्य अत्याबश्याक भएकाले अब ढिलाई अस्वीकार्य : पालिका...

जराङ खोला पुल निर्माण कार्य अत्याबश्याक भएकाले अब ढिलाई अस्वीकार्य : पालिका अध्यक्ष भट्ट

spot_img

गोरखा, शनिबार, ३० कात्तिक २०८२ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन जराङ खोला मोटरेबल पुल लामो समयदेखि अलपत्र परेको छ । काममा देखिएको ढिलासुस्तीका कारण स्थानीय बासिन्दाहरु असन्तुष्ट रहेकाबेला निर्माण स्थल जराङ खोलामा बिहिबार स्थलगत अनुगमन गरी पुन निर्माण कार्य अघि बढाउने तयारी गरिएको हो ।

पुल निर्माण कार्यमा लापरबाही देखिएको भन्दै गुनासो बढेपछि पुर्बाधार कार्यालय गोरखा, बारपाक सुलीकोट गाउँपालिका र निर्माण कम्पनीका ठेकदारका प्रतिनिधीहरु पुल निर्माण स्थलमै उपस्थित भएर स्थलगत बैठक गरेका हुन् ।

उक्त बैठकमा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, वडा ८ का अध्यक्ष शरण गुरुङ, भिमसेन थापा गाउँपालिकाका वडा १ मसेलका अध्यक्ष बिकास श्रेष्ठ साथै स्थानिय अगुवाहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

बैठकको क्रममा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष भट्टले पुलको निर्माण कार्य अत्याबश्याक भएकाले अब ढिलाई अस्वीकार्य हुने चेतावनी दिँदै स्थानीय जनताको भरोसा कायम राख्नु पर्ने उहाँले बताउनुभयो ।

बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, पूर्वाधार कार्यालय गोरखाका प्रतिनिधी मोहन श्रेष्ठ र निर्माण कम्पनीको तर्फबाट राजेश शाहको सहितको बैठकले सयुक्त रुपमा निर्णय गर्दे सब स्टेक्चरको काम पुस मसान्तसम्म, स्ल्याब ढलान माघ मसान्तसम्म र पहुचँ मार्ग र नदी नियन्त्रण फागनु मसान्तसम्म सम्पन्न गर्ने सहमति भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

पुल निर्माण रोकिँदा बारपाक सुलीकोट गाउँपालिका र भिमसेन थापा गाउँपालिकाका बासिन्दालाई आबगमनमा ठुलो समस्या भएकाले निर्माण कम्पनीले अबदेखि निरन्तर रुपमा काम अघि बढाउनु पर्ने जनप्रतिनिधीहरुको भनाइ छ ।

निर्माणाधीन स्थलमा उपस्थित पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठको सहितको टोलीले पनि रोकिएको काम तत्काल पुन सुरु गरी तिब्र गतिमा पुल निर्माणको काममा सम्पन्न गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जराङ खोला मोटरेबल पुल बारपाक सुलीकोट गाउँपालिकाको वडा ८ र भिमसेन थापा गाउँपालिकाको वडा १ मसेल जोड्ने महत्वपुर्ण पुर्बाधार परियोजना भएकाले पुल निर्माण समपन्न भएपछि स्थानिय बासिन्दाको आगमनमा सजिलो हुने, कृषि उत्पादनको बजार पहुँच बढ्ने र आपतकालिन सेबामा पनि सहजता आउने अपेक्षा गरिएको छ ।

स्थानीयबासीहरुले समेत त्रिपक्षिय बैठक पछिको सहमति स्वागत गर्दै पुल निर्माण कार्यले पुन गति लिने आशा ब्यक्त गरेका छन् । अब पुर्बाधार कार्यालय गोरखा र निर्माण कम्पनी बीचको समन्वयमा बाँकी काम समयमै समपन्न गर्ने तयारी भएको बताईएको छ ।

जराङ खोला पुल निर्माणको लागि २ करोड ५९ लाख तीन हजार छ रुपियाँ लागतमा पूर्वाधार कार्याल गोरखा र एच एम सेट स्क्यार जेभीसँग २०८० साल चैत २७ गते सम्झौता भई २०८२ फागुन २६ गते समपन्न गर्नु पर्ने सम्झौतामा उल्लेख भएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणको भौतिक प्रगति जम्मा २० प्रतिशत मात्र समपन्न भएको पुर्बाधार कार्यालय गोरखाले जनाएको छ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img