Thursday, January 15, 2026
8.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषगोरखाको मनकामना मन्दिर जाने सडकखण्डमा बन्न लागेको मोटरेवल पुलको गण्डकी मुख्यमन्त्रीद्धारा शिलन्यास

गोरखाको मनकामना मन्दिर जाने सडकखण्डमा बन्न लागेको मोटरेवल पुलको गण्डकी मुख्यमन्त्रीद्धारा शिलन्यास

spot_img

गोरखा, शनिबार, ६ मङ्सिर २०८२ । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने सडकखण्डमा मोटरेवल पुल बन्ने भएको छ । गोरखा नगरपालिका–१२ र शहिद लखन गाउँपालिका–१ जोड्ने लुदी खोलामाथि गण्डकी प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो ।

पुलको शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलन्यास गरेका छन् । स्याउली बजार–भट्ट फाँट हुदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको कुल लागत ७ करोड ५९ लाख ३० हजार रहने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । ‘लागत अनुमान १० करोड ३१ लाख ६० हजार हो,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘तर ७ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता भएको छ ।’

गणेशकुण्ड इन्फाइन्स्ट्रक्चर एण्ड बिल्डर्स प्रालिसँग ठेक्का सम्झौता भएको छ । दुई बर्षमा काम सक्ने गरी यही असार २२ गते सम्झौता भएको सुवेदीले जानकारी दिए । उनका अनुसार पुलको कुल लम्वाई ६० मिटर र चौडाई ८.४० मिटर रहने छ ।

पुल बनेसँगै सो सडकखण्डमा बाह्रै महिना सवारी आउजाउ सहज हुने अपेक्षा गरिएको छ । बिशेष गरी शहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीय पुलबाट बढी लाभान्वित हुनेछन् । उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा पनि सहज हुने भन्दै स्थानीय खुशी छन् ।

पुल शिलन्यास पश्चात बोल्दै मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने स्पष्ट पारे । कामको प्रगति आधारमा रकम भुक्तानी हुने भन्दै उनले भने, ‘काम समयमै सक्नुप¥यो, बजेटका कारण काम रोकिदैन ।’

मनकामना जोड्ने अन्य सडकखण्डमा पनि पुलको माग भएकाले क्रमश बजेट विनियोजन हुदै जाने उनले बताए । सिमित स्रोत साधनका कारण एकै पटक सबै स्थानीयको माग पूरा गर्न सम्भव नहुने उनले स्पष्ट पारे । ‘मनकामना जाने धेरै सडक छन्, सबै सकिदैन तर एउटा सडक प्रदेशले कालोपत्रे गर्छ,’ उनले भने, ‘तर कुन सडक कालोपत्रे गर्ने भनेर स्थानीयहरु सहमति गरेर आउनुपर्छ ।’

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img