गोरखा, बुधबार, १७ मङ्सिर २०८२ । बाँदरले दुःख दिन थालेपछि गोरखामा नयाँ उपाय अपनाएका छन् । बाली खाएर किसानहरूलाई दुःख दिन थालेपछि गोरखाको शहिद लखन गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष यम बहादुर थापाले बाँदर नियन्त्रणका लागि खोर तयार पार्नु भएको हो ।
‘कृषकको प्रत्यक्ष समस्यासँग गाँसिएको विषय समाधान गर्न स्थानीय सरकारको जिम्मेवारी हो । वडा कार्यालयबाट बाँदर नियन्त्रणका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष यम बहादुर थापाले बताउनु भयो । पालिका भित्र नै सबै भन्दा पहिला वडा न ४ ले सुरु गरेको हो । माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिने र मकै तथा अन्य खानेकुराहरू खोरभित्र राखेपछि खानको लागि खोरमा पसेको बाँदर बाहिर निस्कन सक्दैन ।
बाँदर यस खोरमा परेपछि तिनका सन्तान थप वृद्धि हुन नदिन समातेर पशु चिकित्सकद्वारा बन्ध्याकरण गरी जंगलमा छाड्ने उद्देश्य अनुरुप बनाईएको अध्यक्ष यम बहादुर थापाले बताउनु भयो ।









