Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeराजनीतिगोरखा–२ मा प्रतिनिधीसभा प्रत्यक्षमा अबको आवश्यकता ई दीपकबाबु कँडेल, आधा दर्जनको दावी

गोरखा–२ मा प्रतिनिधीसभा प्रत्यक्षमा अबको आवश्यकता ई दीपकबाबु कँडेल, आधा दर्जनको दावी

spot_img

गोरखा, बुधबार, २४ मङ्सिर २०८२ । नेपाली कांग्रेस गोरखाका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ ।

आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट प्रत्यक्षतर्फ ई दीपकबाबु कँडेलले आफ्नो दाबी गर्नु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आसन्न निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएसँगै कांग्रेसबाट ई दीपकबाबु कँडेलसहित ६ जनाले दावी गर्नु भएको छ ।

पालुङटार नगरपालिकाका मेयर पदमा काम गरिरहनु भएका कंडेल उत्तिकै भूमिका र लगनशीलताका कारण, संघियता कार्यान्यवन हुदैं गएको स्थानीय तहमा आम नगरबासीको मन जित्न सफल हुनु भएका बिकाशप्रेमी कँडेल बिकाश निर्माण भए मात्र सबैतिर सहज हुने आजको विसंम परिस्थितिमा ई दीपकबाबु कँडेल एक मात्र देश बिकासमा जोड दिने व्यक्तित्व भएकाले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ई दीपकबाबु कँडेलले आफ्नो दाबी गर्नु भएको हो ।

गोरखा क्षेत्र नं २ मा कँडेलसहित नवीन श्रेष्ठ, ओम गुरुङ, वेदप्रसाद काप्री र मोहन पोखरेल र प्रकाशचन्द्र दवाडीले दावी प्रस्तुत गर्नु भयो । यस्तै, समानुपातिकतर्फ रविकला खनाल, मन कुमारी गुरुङ र सलाउदिन मियाँ रहनु भएको छ ।

केन्द्रीय कार्यालयको निर्देशन अनुसार दावी गरिएका नाममध्येबाट एक सिटका लागि प्रक्रिया पुर्याई तीन जनाको नाम केन्द्रमा पठाउनुपर्ने हुन्छ । समानुपातिकतर्फको बन्द सूची पुस १८ र १९ गते पेस गर्नुपर्ने र प्रत्यक्षतर्फको निर्वाचन फागुन २१ गते तोकिएको छ भने राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुनेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img