Tuesday, February 10, 2026
10.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियकतार र नेपालबीचको सम्बन्ध सुमधुर

कतार र नेपालबीचको सम्बन्ध सुमधुर

spot_img

काठमाडौँ, मंगलबार, १ पौष २०८२ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अन्सारीले आधुनिक कतार र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य तथा जीविकोपार्जनका साथै यहाँको वातावरण संरक्षण र जलवायु परिर्वतनका असर घटाउन कतारले सहयोग गर्दै आएको बताउनुभयो ।

कतार च्यारिटीमार्फत नेपालका १० जिल्लामा विकासका विविध कार्यक्रम सञ्चालन भएका जानकारी दिँदै राजदूत अन्सारीले ती कार्यक्रमबाट १५ लाख नेपाली लाभान्वित भएका बताउनुभयो ।

आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहमद अल थानीको सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाइन्छ । यद्यपि विश्वका विभिन्न भागमा अवस्थित कतारी राजदूतावासहरूमा भने यो दिवस स्थानीय अनुकूलताका आधारमा मनाइन्छ ।

सन् १९७८ मा बेलायतबाट कतार स्वतन्त्र भएको हो । सन् २००६ सम्म उसले सेप्टेम्बर ३ मा स्वतन्त्रता दिवस मनाउँदै आएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img