काठमाडौ, बिहिबार, ३ पौष २०८२ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन २ हजार २२७ जनाले टोकन लिएका थिए ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।
३६ जना प्रतिनिधि भने टोकन नै लिएका छैनन् । मतदानका लागि २ हजार २६३ जना प्रतिनिधि चयन भएका थिए। टोकन लिने २ हजार २२७ जना रहेकोले यति नै मत खस्ने सम्भावना रहेको पोखरेलले बताउनु भयो ।









