Thursday, January 15, 2026
8.1 C
Kathmandu
spot_img
Homeखेलपालुङटारलाई १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

पालुङटारलाई १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

spot_img

गोरखा, सोमबार, २८ पौष २०८२ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जिल्लाको पालुङटार नगरपालिकाले हात पारेको छ । शनिबार आरुघाटमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पालुङटारले हात पारेको हो ।

शनिबार भएको फाइनल खेलमा ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदक जित्दै पालुङटार उपाधि विजेता बनेको हो । यस्तै, प्रतियोगितामा ५ स्वर्ण, १० रजत र ६ कास्य गरी २१ पदकसहित सिरानचोक गाउँपालिका दोस्रो बनेको छ भने ५ स्वर्ण, २ रजत र ६ कास्य गरी १३ पदक जित्दै बारपाक सुलिकोट गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगितामा सान्त्वना बनेको भीमसेनथापा गाउँपालिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक हात पारेको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाको सहआयोजनामा गत बिहीबारबाट प्रतियोगिता सुरु भएको थियो । तीन दिनसम्म संचालन भएको जिल्ला स्तरीय प्रतियोगिता आरुघाटको वडा नं ९ स्थित भिमोदय माविको खेलमैदानमा संचालन गरिएको थियो ।

जिल्लाका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो गरेर ५ विधाका खेलहरु प्रतिस्पर्धा भएको उनले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

जिल्ला स्तरीय प्रतियोगिताबाट छनोट भएकाहरुले बागलुङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने तामाङले बताएका छन् । प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट छात्र र छात्रातर्फ भलिबल र कबड्डीमा १८–१८ जना, एथलेटीक्समा २२–२२ जना र कराँते तथा तेकवान्दोमा १२–१२ जनाले सहभागिता जनाउने छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img