Thursday, January 15, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिकांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको उम्मेदवारी

spot_img

काठमाडौँ, बुधबार, ३० पौष २०८२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो ।

यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर, वार्ता सफल भएन ।

सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।

निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ र आज दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img