Friday, October 16, 2026
16.1 C
Kathmandu
spot_img
Homeविपद्बाढी प्रभावित स्थानीयवासीहरूसँग गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गरे अन्तरक्रिया

बाढी प्रभावित स्थानीयवासीहरूसँग गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गरे अन्तरक्रिया

spot_img

गोरखा, बिहीबार, २९ असोज २०८३ । गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित स्थानीयवासीहरूसँग गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले अन्तरक्रिया तथा छलफल गर्नुभएको छ ।

छलफलमा बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल तथा भौतिक संरचनाहरूको पुनर्निर्माण, आवागमन सहज बनाउने उपाय र प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो ।

विपद पछिको कठिन परिस्थितिमा पीडितका समस्या सुन्दै समाधानका उपाय खोज्ने उद्देश्यले गरिएको यो छलफलले स्थानीयवासीमा आशा जगाएको छ ।

स्थानीय नेतृत्वले बाढीपीडितका माग र सुझावलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरेको छ। यसले विपदपछि पुनर्स्थापनाको प्रयासमा समुदायको मनोबल बढाएको देखिन्छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img