गोरखा, शनिबार, २ मङ्सिर २०८० । गोरखाको केराबारीमा निर्माणधिन हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा लमजुङका १ जना पुरुषलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका–५ बस्ने ४० बर्षिय पृथबहादुर घर्तीलाई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घर्तीले असोज २० गते शनिबारका दिन राती १० बजेको समयमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा निर्माणाधिन चम्पावती हाईड्रोपावरको क्रसरमा जडान गरेको २ थान मोटर चोरी गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भएको हो ।
चोरी भएको भनिएको मोटर घर्तीले गोरखाको सिरानचोक गाउँपालिका–१ मा रहेको घरको खाली धन्सारमा लुकाइ राखेको अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।
घर्तीलाई गोरखा प्रहरीले कार्तिक २८ गते मंगलबार पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका घर्तीलाई चोरी कसूर शिर्षक अन्तरर्गत मुद्वा दर्ता गराई गोरखा अदालतबाट कार्तिक १ गते शुक्रबार अनुसन्धानका लागी म्याद थप राएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घर्तीलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।