September 10, 2024
राष्ट्रिय समाचार

सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ, मंगलबार, १२ मङ्सिर २०८० । सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नु भएको छ ।

उहाँहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाउनु भएको हो । प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा रहनु भएको छ भने भेटवार्ता जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उहाँहरू काठमाडौँ आउनु भएको हो । प्रधानमन्त्रीलाई मंगलबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको थियो तर भेट्न पाएनन् । प्रधानमन्त्री दाहालले बागमती प्रदेशका गृहमन्त्री गङ्गानारायण श्रेष्ठसँग मात्रै भेटेका थिए । प्रधानमन्त्रीले श्रेष्ठलाई भेटेर प्रदेशका गृहमन्त्रीहरूको मागबारे जानकारी लिएका थिए ।

Leave a Reply