September 10, 2024
पालिका विशेष

गोरखाको सिर्दीबासमा खच्चडमार्फत खाद्यान्न ढुवानी

गोरखा, आइतबार, १७ मङ्सिर २०८० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यस वर्ष उत्तरी गोरखाको लागि खाद्यान्न ढुवानी सुरु गरेको छ । कम्पनीले पहिलो खेपमा ६७ क्विन्टल अर्थात २६८ बोरा चामल सिर्दीबास ढिपोसम्म पुरर्याउन सफल भएको कम्पनीका सुचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०–०८१ को लागी कम्पनीले पहिलो पटक ढुवानी सुरु गरेको हो । कम्पनीले चामलको ढुवानी गर्न ठेक्का पाएको दुधपोखरी निर्माण सेवा मार्फत ढुवानी गरेको सूचना अधिकारी सुनारले बताउनु भयो । ‘यो आर्थिक बर्षको पहिलो ढुवानी अन्तरर्गत २६८ बोरा चामल पठाएको छ’ उनले भने ‘पहिलो लटमा सिर्दिबास डिपोको लागी ६७ क्वीन्टल स्टिम जिरा मसिनो चामल पठाइएको हो ।’

दुध पोखरी निर्माण सेवाका प्रोपाइटर दिपेन्द्र गुरुङ्गका अनुसार गोरखा सदरमुकाममा भएको कम्पनीको कार्यालयबाट दोभानसम्म मिनिट्रक र त्यहाँबाट सिर्दिबास डिपोसम्म खच्चडले ढुवानी गरीएको हो ।

कम्पनीले सिर्दिबास डिपोको लागी १००० क्विन्टल, माछाखोला डिपोको लागी ५०० क्वीन्टल, नाम्रुङ्ग बिक्री केन्द्रका लागी ५०० क्वीन्टल र चुम्लिङ्ग बिक्रि केन्द्र लागी ५०० क्वीन्टल खाद्यान्न ढुवानी कोटा निर्धारण गरेको कम्पनीका गोरखा शाखा प्रमुम तिर्सना आलेमगरले बताउनु भयो ।

कम्पनीले ढुवानीको लागी गोरखा बजारदेखि सिर्दिबास डिपो र नाम्रुङ्ग बिक्रि केन्द्रको लागी दुध पोखरी निर्माण सेवा एण्ड सप्लायर्स छनौट भएको छ भने चुम्लिङ्ग बिक्रि केन्द्र र माछाखोला डिपोको लागी लिलिएन घले कन्स्ट्रक्सन कम्पनी छनौट गरेको कम्पनीको गोरखा शाखा कार्यालयले जानकारी दिएको छ ।

ठेक्का सम्झौता अनुसारको खाद्यान्न पिडो र बिक्री केन्द्रसम्म समयमै ढुवानी सम्पन्न गर्नेगरी कार्यालयले तयारी गरेको पनि सूचना अधिकारी सुनाले जानकारी दिनुभयो ।

हाल गोरखा सदरमुकाममा रहेको कम्पनीको कार्यालयबाट सोना मंसुली चामल प्रति किलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ८६ मा बिक्री गर्दै आएको छ । त्यस्तैगरी, सिर्दिबास डिपोबाट सोना मंसुली चामल प्रति किलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ८८ बिक्री गरीरहेको छ ।

उता माछाखोला डिपोबाट भने सोना मंसुली चामल प्रति किलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ८८ र नाम्रुङ्गबिक्रि केन्द्र बाट सोना मंसुली चामल प्रति किलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९१ तथा चुम्लिङ्गमा रहेको बिक्रि केन्द्रबाट सोना मंसुली चामल प्रति किलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रति किलो रु ९० मा बिक्री गर्ने गरी भाउ निर्धारण भएको कम्पनीका सुचना अधिकारी सुनारले जानकारी दिनुभयो ।

कम्पनीले माछाखोला र सिर्दीबास डिपोमा खाद्यान्न ढुवानी गरेको भएता पनि नाम्ररुङ र चुम्लिङ बिक्री केन्द्रका लागि पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीहरु छलफल भईरहेको जनाएको छ ।

Leave a Reply