गोरखा, आइतबार, २४ मङ्सिर २०८० । गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा रहेको गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बहादुर बानियाँ चयन भएका छन् ।
शनिबार भएको सहकारीको प्रथम अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शान्ता भट्ट, सचिवमा एकराज उपाध्याय र कोषाध्यक्षमा ज्ञानकाजी श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा शरदबाबु कट्टेल, मोहन सिं बस्नेत, रविन्द्र खत्री, ऋतु विक सुनार, लेखबहादुर ढकाल रहेका छन् । अधिवेशनले ज्ञानहरी अर्याल संयोजक रहने गरी लेखा परिवेक्षण समिति पनि गठन गरेको छ ।
जसको सदस्यहरुमा शरण गुरुङ र ओम बहादुर खत्री रहेका छन् । त्यस्तै रविन्द्र खत्रीको संयोजकत्वमा गठन भएको ऋण उपसमितिको सदस्यहरुमा दिपकबाबु खत्री र कृष्णप्रसाद पन्त रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यावसायी अन्जन खत्री लगायतले मन्तव्य राखेका थिए ।