स्याङ्जा, बिहिबार, ५ पौष २०८० । करुङ बयरघारी मुस्लिम युवा क्लबको आयोजनामा प्रथम करुङ रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको सहयोगी हातहरु दैनिक रुपमा बढदै गईरहनु भएको छ ।
प्रथम करुङ रनिङ शिल्ड प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजक अवैश अलि र फार्मेसिस्ट अन्जुम खान (हाल जापान) ले तेस्रो पुरस्कार प्रायोजक स्वरुप रु ३०,७८६ |- तिस हजार सात सय छयासी रुपैयाँ सहयोग गएको आयोजकले जनाएको छ ।
भीरकोट १,२ बयरघारी स्याङ्जामा हुने भलिबल प्रतियोगिता आगामी पौष २१ गतेदेखि संचालन हुनेछ ।
उक्त पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले नगद ७२ हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने द्वितीय स्थान हासिल गर्ने प्रतियोगीले नगद ५० हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यसैगरी तृतीय स्थान हासिल गर्ने प्रतियोगीले नगद ३० हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने सान्त्वना पुरस्कार स्वरुप १५ हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
साथै, अन्य बिबिध विधामा खेलाडीको मनोवल बढाउने उदेश्यसहित पुरस्कारले सम्मानित गरिने आयोजकले जनाएको छ ।
स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको छ ।