Skip to content Skip to sidebar Skip to footer

सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– रैली संस्करण सार्वजनिक

काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो – रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरू उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथै अफ–रोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध गरिएको छ ।

२७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]