Skip to content Skip to sidebar Skip to footer

माछापुच्छ्रे सहकारी घोटाला प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर

विराटनगर, शुक्रबार, २ कात्तिक २०८१ । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

सहकारीका अध्यक्ष अमलेश कर्णसहित सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरू विरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको हो । गत भदौमा १०३ जना सहकारी पीडितहरूले अध्यक्ष कर्णसहित सञ्चालकहरू विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएका थिए ।

प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ । सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य तथा हालको सञ्चालक समिति सचिव उत्तम ढुङ्गेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समिति सदस्य सञ्जय भन्ने प्रभाकर थापा, तीर्थ प्रसाद यादव, श्यामराज कोइराला, लेखा समिति संयोजक तथा बजार प्रतिनिधि गोपालप्रसाद ढकाल, लेखा समिति सदस्य सञ्जय कुमार कर्ण, निर्मला चौधरी, ऋण उप–समिति सदस्य पङ्कज कुमार बर्मा, उपाध्यक्ष गोकुल थापा, कोषाध्यक्ष तथा २०७३ पुस १६ गतेको कार्यसमिति सचिव रहेका अमित कार्की, विजय कुमार कर्ण, इन्द्रेश कुमार कर्ण, कोषाध्यक्ष राधादेवी लिम्बू, ऋण उप–समिति सदस्य दिलिपकुमार साह, कार्यसमिति उपाध्यक्ष विनोद महत, सदस्य सूर्यकुमार साह, लेखा समिति सदस्य भीम प्रसाद सिंह र ऋण उप–समिति सदस्य राजु गुप्ता भने फरार छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले १२० जनालाई प्रतिवादी बनाएको थियो । प्रतिवादी बनाएको मध्ये ११ जनाको तीन पुस्ते नखुलेपछि प्रारम्भिक चरणमा १०९ जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता भएको हो । ११ जनाको हकमा तीन पुस्ते खुलेपछि कानुन बमोजिम प्रतिवादी बनाएर कारबाहीको प्रक्रिया अगाडी बढ्ने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।

यसैबिच सहकारी ठगी मुद्दामा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेश कुमार कर्णको अदालती बयान सकिएको छ । मोरङ अदालतको ११ नम्बर इजालशको न्यायाधीश अरुण कुमार झाको इजलासमा शुक्रबार बयान भएको थियो । बयान सकिएपछि आजै थुनछेक बहस सुरु हुने मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]