Skip to content Skip to sidebar Skip to footer

सुमोबाट खसेर बालकको मृत्यु

खोटाङ, शुक्रबार, २ कात्तिक २०८१ । गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दीपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन् । खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको बताइएको छ । गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको (डिएसपी) बिष्टले बताउनुभयो ।

बालक सडकमा घाइते अवस्थामा लडिरहेको आफन्तले भेटाएपछि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । बालकको अवस्था जटिल रहेकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । काठमाडौं लाँदैगर्दा हलेसीमा पुगेपछि बालक हेमन्तको मृत्यु भएको (डिएसपी) बिष्टले बताउनुभयो ।

मृतक बालकको शव हाल जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बालक कसरी गाडीबाट खसे भनेर अनुसन्धान सुरु गरिएको (डिएसपी) बिष्टले बताउनुभयो ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]