September 10, 2024
राजनीति समाचार

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ, आइतबार, २२ पौष २०८० । राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठक विना निष्ष्कर्ष सकिएको थियो ।

सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो । शनिबारकोसकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्न नसकेको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ । माओवादी ६, जसपा र एकीकृत समाजवादीले तीन–तीन सिट दाबी गरेका छन् । नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन। १९ सिटका लागि हुन लागेको निर्वाचनमा दाबी भने २६ पुगेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

Leave a Reply