September 8, 2024
स्वास्थ्य

टुँडिखेल माघी मेला : घाइते १६ मध्ये १० जना डिस्चार्ज

काठमाडौँ, मंगलबार, २ माघ २०८० । टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा धकेलाधकेल हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १० जना डिस्चार्ज भएका छन् ।

घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू

१) जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।

२ ) जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।

३) जिल्ला संखुवाशभा म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ (निधार,बाँया कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने )।

४) जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल (बाँया गालामा चोट अवस्था बोल्न सक्ने )।

५) जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल (सामान्य )।

६) जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।

डिस्चार्ज भएकाहरू

डिस्चार्ज हुनेहरुमा खोटाङ घर भएकी १२ वर्षीया त्रिसना मगर, सिन्धुपाल्चोक घर भएकी अन्जना तामाङ, धनकुटा घर भएकी १६ वर्षीया निकिता मगर, बर्दिया घर भएकी ३० वर्षीया रेखा चौधरी, प्युठान घर भएकी अनिसा केसी, कैलाली घर भएकी २५ वर्षीया कल्पना चौधरी र सुनसरी घर भएकी २२ वर्षीया मन्दिरा बस्नेत छन् ।

त्यस्तै डिस्चार्ज हुनेमा ललितपुर घर भएकी ४० वर्षीया मिना थापा, रोल्पा घरका प्रहरी जवान पृथ्वी बुढा मगर र पाल्पा घर भएकी २५ वर्षीया निशा राना थापा छन् ।

Leave a Reply