September 10, 2024
प्रदेश विशेष

भूटानी शरणार्थी प्रकरण : शमशेर मियाँ हज समिति अध्यक्षमा पुनर्बहाल

काठमाडौं, बिहिबार, ४ माघ २०८० । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल भएको अभियोग लागेका शमशेर मियाँको नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएको छ ।

उच्च अदालत, पाटनले माघ ३ मा शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिए लगतै आज बिहिबारददिएको थियो । त्यसको भोलिपल्ट माघ ४ गते देखी मियाँको पुनर्बहाली गरिएको हो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला अदालत, काठमाडौंले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको माग सहित उच्च अदालत पुगेका थिए ।  

न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ। अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न भनेको हो ।

उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए ।

Leave a Reply