काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । ओपनएआईले च्याटजीपीटीको विन्डोज एप ल्याएको छ । पैसा तिरेर च्याटजीपीटी चलाउने प्रयोगकर्ताका लागि कम्पनीले विन्डोजको डेस्कटप भर्सन ल्याएको हो ।
कम्पनीका अनुसार च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु युजरहरूले अहिले यस एप माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताले Alt+Space शर्टकर्टबाट समेत सोझै एप खोल्न सक्नेछन् ।
प्रयोगकर्ताले डेस्कटप एपमा डकुमेन्ट अपलोड गर्नुका साथै ओपनएआईको पछिल्लो मोडल ओवनमा समेत पहुँच पाउने बताइएको छ ।
ओपनएआईले गत जुनमा नै म्याकका लागि डेस्कटप एप ल्याइसकेको छ । यस वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि एप ल्याउने कम्पनीको तयारी छ ।