Skip to content Skip to sidebar Skip to footer

प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्

काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेका छन् ।

शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको च:मतिस्थित पार्टी कार्यालयमा पुगेको छ। त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो ।

उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ । उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ ।

सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको बताएका छन् ।

पार्टी सदस्यहरू तथा पत्रकारहरूबीच सभापति लामिछानेले आफ्ना कुरा राख्ने पनि झाले जानकारी दिए ।

उनले त्यसपछि सभापति लामिछाने स्थलमार्गबाट पोखरा जाने बताएका छन्। पार्टी कार्यालयमा आएका प्रहरीहरूलाई अवरोध नगर्न पनि उनको आग्रह छ ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]