Skip to content Skip to sidebar Skip to footer

कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर लामिछानेले गिरफ्तारी दिने

काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर गिरफ्तारी दिनुहुने भएको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुगेर लामिछानेले सम्बोधन गरेर पोखरा जाने जानकारी गराउनुभएको हो ।

रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपछि पार्टी कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै कार्यवाहक प्रवक्ता झाले यस्तो बताउनुभएको हो ।

उहाँले पक्राउ गर्न आउने प्रहरी अधिकारीलाई प्रतिकार नगर्नसमेत कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । प्रहरीले भने लामिछानेलाई सम्बोधन गर्न दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन ।

“अबको आधा घण्टामा पार्टी सभापति आउनुहुनेछ । त्यसपछि उहाँले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’, कार्यवाहक प्रवक्ता झाले भन्नुभयो ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]