September 8, 2024
अर्थ व्यवसाय

चिनियाँ लगानीका लागि आग्रह

काठमाडौँ, बुधबार, २ फागुन २०८० । नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।

सिएनआई सचिवालयमा मंगलबार भएको छलफलमा अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत्, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।

सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूह ल्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै उहाँले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको बताउनुभयो । सिएनआईले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ ।

अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले चीन र भारतबीचमा अवस्थित नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि आग्रह गर्नुभयो । सिएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) बीच व्यावसायिक छलफल अघि बढिरहेको जानकारी गराउँदै उहाँले काउन्सिलमार्फत् नेपालमा चिनियाँ लगानी भि¥याउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको समृद्धिका लागि उच्च प्राथमिकतामा राखेको भन्दै नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्र पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भिœयाउन सोहीअनुरूप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने भन्दै राजदूत सोङले ऊर्जा, जडीबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमूलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताउनुभयो । दुई देशबीच व्यावसायिक सम्बन्ध थप प्रगाढ बनाउन नेपालको उद्योगीको छाता संस्था सिएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

छलफलमा सिएनआई पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षद्वय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजितविक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपकराज जोशीलगायत हुुनुहुन्थ्यो ।

Leave a Reply