Skip to content Skip to sidebar Skip to footer

बडादशैं सबैको शुभ रहोस्

गत बिहिबार घटस्थापनादेखि २०८१ सालको बडादशैं आरम्भ भयो । दशैं आरम्भ भएदेखि नै गाउँ सहरमा चहलपहल हर्ष, उमंग सुरु भएको छ । पढ्न तथा जागिरका क्रममा देश, विदेश रहेकाहरु घर फर्कन सुरु गरिसकेका छन् । अनि पर्व मनाउने प्रयोजनका लागि सरसामान किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ ।

समूह मिलेर गाउँघर, सहरबजार सरसफाइ गर्न थालेका छन् । लामो समयदेखि नभेटिएका साथीसंगी भेटघाट गर्ने, रमाइलो गर्ने सिजन सुरु भएको छ । कलेज, विद्यालयहरु बिदा भएका छन् । कार्यालयहरु पनि क्रमश विदा हुँदैछ । विदा नभए पनि विदा लिएर घर फर्कने क्रम सुरु भएको छ ।

त्यसैले, दशैं हिन्दू धर्मावलम्बीहरुको महान पर्व भए पनि माहोलले गर्दा के हिन्दू, के वौद्ध, के मुस्लिम अनि के क्रिस्चियन सबै यो माहोलबाट अछुतो रहन सकेका छैनन् । हिन्दू बाहुल्य भएकाले जताततै रमझम छ । अनि फरक धर्मावलम्बीहरुलाई पनि चाहेर, नचाहेर यो वातावरणले छोइहाल्छ, रमझमको सदस्य बनिहाल्छन् । त्यसैले दशैंलाई नेपालीहरुको महानपर्व भन्ने भाष्य निर्माण भएको छ ।

सुख र खुशी फैलनु सबका लागि सुखद पक्ष हो त्यसैले सबैले यो समय धुमधामले मनाउन् । अशान्ति, तनाब, खिचातानीलाई बिर्सेर दशैं सुखपुर्वक, खुशीपूर्वक, आनन्दपूर्वक, तनाबरहित भएर मनाउन् । दशैंका बेला अत्याधिक मादक पदार्थ सेवन गरी झै झगडा गर्ने सम्भावना पनि रहन्छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाई दुर्घटना गराउने सम्भावना पनि रहन्छ । रामरमितामा भुल्दा चोरीको सम्भावना पनि रहन्छ । अत्याधिक खानेकुरा खाँदा बिरामी हुने सम्भावना पनि रहन्छ । तसर्थ उपरोक्त सबै कुरालाई मध्यनजर गरी सावधान, सचेत, सतर्क भई सुख, शान्तिपूर्वक दशैँ मनाउनु पर्छ । सबैलाई सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य, दीर्घजीवनका लागि हार्दिक मंगलमय शुभकामना ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]