September 8, 2024
अपराध

शालिन मृत्यु प्रकरणको छानबिन माग गर्दै प्रदर्शनमा उत्रेका नेविसंघका ७ जना पक्राउ

काठमाडौँ, शुक्रबार, १८ फागुन २०८० । चितवनकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु घटनामा छानबिनको माग गरेर प्रदर्शन गर्ने नेविसंघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आज शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका नेविसंघका सातजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू वासुदेव नेउपाने, विवेक लामिछाने र पूजा फुयाल छन् । यसैगरी नेविसंघका सुदीप ढुंगाना, मोहन कालाथोकी, सन्तोष आचार्य र मोहम्मद अल्ताफ नेपाली पनि पक्राउ परेका छन् ।

उनीहरूलाई पक्राउ गरेर तीनकुने लगिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयको कक्षा ८ मा पढ्ने १३ वर्षीया शालिन फागुन १२ मा विद्यालयकै होस्टेलको कोठामा मृत भेटिएकी थिइन् । शालिनको परिवारले उनी झुन्डिएको नभई बलात्कारपछि झुन्ड्याएर हत्या गरेको आरोप लगाउँदै आएको छ ।

Leave a Reply