Skip to content Skip to sidebar Skip to footer

वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम

काठमाडौँ, बुधबार, १४ कात्तिक २०८१ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ कात्तिक ६ देखि १२ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

यही अवसरमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मावि, पिपरा, महोत्तरी मा (+) २ तहमा अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुका लागि वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोषकुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा रामनारायण अयोध्या उच्च माविका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजयकुमार रायलगायत अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुको उल्लेख्य उपस्थिति थियो ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम सञ्चालन रहनुभएको थियो । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिनुभएको थियो ।

विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने छ र सहभागीहरुले शेयर लगानीसम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने छन् भन्ने विश्वास गरिएको छ । आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]