काठमाडौँ, मंगलबार, २२ फागुन २०८० । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो ।
यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो । बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनु हुन्छ ।
यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ । उहाँहरु दुबै जना विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आउनु भएको हो ।