काठमाडौँ, बुधबार, २३ फागुन २०८० । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको छ । त्यसमध्ये गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले ८ मन्त्रालय पाउने भएको छ । त्यस्तै, माओवादी केन्द्रले पाँच र राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाउने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपाले गठबन्धनबाट दुई मन्त्रालय पाउने सहमति भएको एक नेताले जानकारी दिए ।
एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा चार दल अहिले गठबन्धनमा छन् । अन्य केही दललाई पनि गठबन्धनमा ल्याउन नेताहरू प्रयासरत छन् । सोही कुरालई मध्यनजगर गर्दै २२ मन्त्रालयमध्ये केही अन्य दलका लागि बाँकी राखिएको एक नेताले बताए । यद्यपि, कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयको टुंगो भने लागिसकेको छैन् ।