काठमाडौँ, बुधबार, २३ फागुन २०८० । विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्चद्वारा ११ बुदे घाेषणा पत्रकाे सार्वजनिक गरिएकाे छ । गैरसरकारी संस्था महासंघ नेपालको सभाहलमा ८ मार्चको पुर्व सन्ध्यामा सो घाेषणा पत्रकाे सार्वजनिक गरिएकाे हो ।
विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्च “संरचनागत विभेद विरुद्धको प्रतिरोध“ भन्ने नारा सहित महिला, किशोरी, युवा, यौनिक तथा लैङ्गिक अल्पसंख्यिक समुदायको मानव अधिकारको सवालमा कार्यरत अभियान्ताहरुको सहभागिता तथा ऐक्यवद्धतामा फेव्रुवरी १६ देखि १९ सम्म सफलता पूर्वक सम्पन्न भएको थियो ।
महिला पुनस्र्थापना केन्द्र (ओरेक) लगायत ४० भन्दा बढी समुदाय तहदेखिका राष्ट्रिय, अन्तराष्टिय सह–आयोजक संघसंस्थाहरुको संयुक्त आयोजनामा विश्व महिलावादी मञ्चको उद्घाटन “न्यायका लागि सँगसगैँ– हामी सबैको ऐक्यवद्धताद्वारा अर्को विश्व सम्भव छ“ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित भै गरिएको थियो ।
उद्घाटन सत्र जबरजस्ती उठिवासबाट अहिले महिला तथा बालबालिकाहरु कसरि प्रभावित भैरहेका छन् भन्ने मर्मस्पर्शी लघु नाटकबाट सुरु भएको थियो भने अन्त्य हामी ऐक्यबद्ध भयाँै भने परिवर्तन सम्भव छ भन्ने बहसमा जोड दिँदै हामि बेग हाँै भन्ने नारा सहितको नृत्यबाट सम्पन्न गरिएको थियो ।
उद्घाटन सत्रमा मेक्सिकोकी महिलावादी अभियान्ता रोजा इल्भा, भारतका असमानता विरुद्धका अभियन्ता अमिताब बेहार, क्यानडाकी क्यारमिन्डा म्याक लोरिन, नेपालकी महिलावादी राजनीतिकर्मी विन्दा पाण्डे, अष्ट्रेलियाकी शान्ति अभियन्ता मिशेल हेग्लिन, गाम्भियाकी सामाजिक अभियन्ता बरी टंकारा लगायतका वक्ताहरुले आफ्ना धारणा राख्नु भएको थियो ।
यस मञ्चमा २२ देशका ४७ जना वक्ताहरुका साथै समुदाय तहदेखि करिब ३००० भन्दा बढी महिलाहरुको सहभागितामा १२ वटा विषयहरुमा अन्तरक्रियात्मक छलफल गरिएको थियो । रुपान्तरित महिलावादी नेतृत्व, महिलाको शरीरमाथिको नियन्त्रण, श्रमको अधिकार, भूमि तथा बास अधिकार, खाद्य अधिकार, पर्यावरणीय न्याय, अन्तरपुस्ता नेतृत्व लगायतका विषयवस्तुहरुमा सृंखलाबद्ध रुपमा गरिएको अन्तरक्रियात्मक छलफलका दौरानमा व्यक्त गरिएका अनुभव र सुझावहरुको आधारमा फाल्गुन ०७, २०८० अर्थात १९ फेबु्रअरी २०२४ मा ११ बुँदे घोषणा पत्र जारी गरिएको थियो ।
विश्वका ९८ देशबाट उपस्थित सहभागिहरुका साथै विश्व महिलावादी मञ्चमा सहभागि सम्पूर्णद्घारा अहिले विश्वमा विभिन्न रुपमा रहेको साम्राज्यवादी, कट्टरपन्थी र क्रुर शासनको राजनीति नै विश्वभर बढ्दो असमानता र युद्धको सबै भन्दा ठूलो कारण भन्ने निस्कर्ष निकाल्दै अहिले भइरहेको गाजा, पश्चिमी क्षेत्रको युद्ध, युक्रेन, म्यानमार, मणिपुर, अफगानिस्तानमा भइरहेको क्रुर अवस्था यसका केही ज्वलन्त उदाहरणहरूको रुपमा प्रस्तुत गरिएको थियो । यस्ता सबै प्रकारका युद्ध, सशस्त्र संघर्ष र सैन्य अधिनायकत्वमा महिलाहरूले सबैभन्दा बढी पीडा भोग्नुपरेको यथार्थता उजागर गर्दै यसको अन्त्यका लागि महिलावादी अधिकारकर्मीहरुले विश्वव्यापी रूपमा समुदायको नेतृत्वमा शान्तिपूर्ण आन्दोलनहरूलाई बलियो बनाउन र न्यायपूर्ण संसार निर्माणको लागि साम्राज्यवादी, कट्टरपन्थी र तानाशाही शासनहरूको सामना गर्न रुपान्तरणकारी महिलावादी राजनीतिक प्रणालीको आवश्यक रहेको तथा त्यसका लागि आफुहरु संघर्षशील रहने प्रतिवद्धता व्यक्त गरिएको थियो । विश्व महिलावादी मञ्चमा सहभागि ३ हजार भन्दा बढी महिलावादीहरूले गाजा र अन्य देशहरूमा तत्काल युद्धविरामको माग गर्दै सबै नागरिकको अधिकार संरक्षण, स्व पहिचान स्वीकार र आत्म सम्मानको आधिकार सहित न्यायोचित विश्व आजको आवश्यक्ता हो भन्ने तथ्य दरो गरि उठाएका थिए ।
विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्चद्वारा जारी गरिएको ११ बुदे घाेषणा पत्र