Skip to content Skip to sidebar Skip to footer

गोरखामा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोरखा, आइतबार, ११ कात्तिक २०८१ । गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउँसी भैलोको कार्यक्रम गर्न अनुरोध गरेको हो ।

नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसरमा जिल्लाको समग्र शान्ति सुरक्षालाई मध्यनजर गर्दै देउँसी भौलौ, नाँचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु राती ९ बजेसम्म मात्र संचालन गर्नुपर्ने सूचनामा भनिएको छ ।

यस्तै, कानुन बिपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक पदार्थहरुको आयात, ओसारपोसार, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य नगर्न समेत प्रशासनको अनुरोध छ ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला नगर्न, अखाद्य रंग मिलाइएका मिठाई र गुणस्तरहीन खाद्य बस्तुहरुको बिक्री वितरण तथा उपभोग नगर्न, म्याद गुज्रेका भाईमसला, प्लास्टिकजन्य फुलमालाको प्रयोग र बिक्री वितरण नगर्न र व्यवसाय दर्ता नगरी फुटपाथमा व्यापार व्यवसाय नगर्न सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

त्यस्ता गतिविधी गरेको भेटिएमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहाना बिरुद्धको क्रियाकलाप तथा समाजमा अशोभानीय कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले स्वतन्त्र र खुशीयालीपूर्वक चाडपर्व मनाउन, शान्ति शुरक्षा एवं अमनचयन कायम गर्न अनुरोध गरेको हो ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]