Skip to content Skip to sidebar Skip to footer

कांग्रेसको तर्फबाट कीर्तिपुरको मेयरमा कृष्णमान डंगोल उम्मेदवार

काठमाडौँ, शनिबार, १ मङ्सिर २०८१ । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । आज बसेको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवार चयन भएका डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।

त्यहाँ एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन्। यस्तै रवि लामिछाने नेतृत्वको रास्वपाले पनि त्यहाँ प्रतिस्पर्धा गर्दैछ ।

त्यहाँ गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवार बढार्दै कांग्रेसले क्लीनस्वीप गरेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि उपनिर्वाचन हुँदैछ ।

गत निर्वाचन विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसका नकर्मीले ९,०४३ मत ल्याउँदा एमालेका केशरत्न बज्राचार्यले ५,५०७, माओवादी केन्द्रका शिवशंकर महर्जनले ४,०९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १,१५३ मत ल्याएका थिए ।

विभिन्न ४४ रिक्त स्थानीय तहको उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]