Skip to content Skip to sidebar Skip to footer

गोरखा नगरपालिका ५ को वडा अध्यक्षमा दश जनाको उम्मेदवारी

गोरखा, आइतबार, २ मङ्सिर २०८१ । आगामी मङ्सिर १६ गतेका लागि गोरखा नगरपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि दश जनाको उम्मेदवारी परेको छ । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना र नेकपा माओवादी केन्द्रबाट बिष्णुबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट खङ्गबहादुर भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रुप सिंह रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङले मनोनयन दर्ता गरेको उनले जानकारी दिए ।

निर्वाचन आयोगले आइतवार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । सोही अवधिमा उम्मेदवारहरुले चिल्ड्रेनपार्क स्थित वडा नम्वर ५ को कार्यालयमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र मंसिर ५ गते दिउँसो एक बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्न सकिने जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले बताए ।

Leave a comment

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]